Nepali Connect Japan
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली

जापान भिसा apply गर्न कति बैंक ब्यालेन्स देखाउनु पर्छ?

  • मे 31, 2025
  • shubham1199
Bank balance required to apply Japan visa for student, SSW, working and dependent.

जापानको भिसा आवेदन गर्दा सबैभन्दा धेरै सोधिने प्रश्न नै हो —
“कति बैंक ब्यालेन्स देखाउनु पर्छ?”

यो पोस्टमा तपाईंको सबै शंका क्लियर गर्छु। सुरु गरौँ!

1. बैंक ब्यालेन्स किन देखाउनुपर्छ?

बैंक ब्यालेन्स देखाएर तपाईंको आर्थिक स्थिति प्रमाणित गर्नुपर्छ। जापानको इमिग्रेशन अफिस हेर्छ:

  • तपाईं जापान गएपछि खर्च चलाउन सक्नुहुन्छ कि सक्नुहुन्न?

  • अध्ययन वा काम सुरु नभएसम्म तपाईंले आफूलाई जोगाउन सक्नुहुन्छ कि सक्नुहुन्न?

2. विद्यार्थी भिसा (Student Visa) का लागि कति बैंक ब्यालेन्स चाहिन्छ?

जापानमा भाषा स्कूल, सेन्मोन गाक्को वा University पढ्न जाने विद्यार्थीहरूका लागि बैंक स्टेटमेन्ट अनिवार्य हुन्छ।

आवश्यक रकम:

  • कम्तीमा ¥२,०००,००० देखि ¥३,०००,००० JPY बराबर (लगभग Nrs. १८ लाख देखि २७ लाख सम्म)

  • यो रकम तपाईं वा तपाईंका अभिभावकको खातामा हुनुपर्छ।

थप कागजातहरू:

  • बैंक स्टेटमेन्ट (पछिल्लो ६ महिनाको)

  • फन्डको स्रोत देखाउने कागजात (तलब पर्ची, कर प्रमाणपत्र, जमिनका कागजात आदि)

टिप:
पैसा एकै पटक जम्मा नगरिकन, बिस्तारै जम्मा गरेमा विश्वसनीयता बढ्छ।

विद्यार्थी भिसा (Ryugaku Visa) बारे थप जानकारीको लागि, यो article पढ्नुहोस्।

 

3. SSW (Specified Skilled Worker) भिसा का लागि कति ब्यालेन्स चाहिन्छ?

SSW भिसामा प्रायः जापानको कम्पनीले धेरै कुरा व्यवस्थापन गर्छ। तर:

  • प्रायः बैंक ब्यालेन्स देखाउनु अनिवार्य हुँदैन।

  • एजेन्टहरूले नेरु ३ देखि ५ लाख देखाउन सल्लाह दिन सक्छन्।

  • आफैँले फन्ड देखाउँदा भिसा प्रोफाइल बलियो बन्छ।

 

डिपेन्डेन्ट (Family) भिसा का लागि कति बैंक ब्यालेन्स देखाउने?

डिपेन्डेन्ट भिसामा मुख्य आधार जापानमा बसिरहेको स्पोन्सरको आय हुन्छ।

  • स्पोन्सरको तलब प्रमाणपत्र र कर विवरण।

  • तर, बैंक ब्यालेन्स नेरु १० देखि १५ लाख देखाइयो भने झन राम्रो हुन्छ।

टुरिस्ट (Short Term) भिसा का लागि कति बैंक ब्यालेन्स चाहिन्छ?

टुरिस्ट भिसामा निश्चित रकम भनेको हुँदैन। तर:

  • कम्तिमा नेरु ३ देखि ५ लाख देखाउँदा सुरक्षित हुन्छ।

  • होटल बुकिङ, एअर टिकट, यात्रा कार्यक्रम पनि अनिवार्य हुन्छ।

 

सुरक्षित रकम कति हो?

भिसा प्रकारसिफारिस गरिएको रकम
विद्यार्थीनेरु २०–२५ लाख
SSWनेरु ३–५ लाख
डिपेन्डेन्टनेरु १०–१५ लाख
टुरिस्टनेरु ३–५ लाख

 

कुन कुन कागजात बुझाउनुपर्छ?

भिसा application प्रक्रियाको विस्तृत व्याख्याको लागि, यो page पढ्नुहोस्।

  • बैंक स्टेटमेन्ट (पछिल्लो ६ महिनाको)

  • बैंक ब्यालेन्स सर्टिफिकेट

  • तलब पर्ची (काम गरिरहेकाको हकमा)

  • कर प्रमाणपत्र

  • जमिन वा अन्य सम्पत्तिका कागजातहरू

  • अभिभावकबाट आर्थिक सहयोग पत्र (Affidavit of Support)

More Posts

the increasing immigration in Japan and declining population growth

जापानमा Immigration किन बढ्दो छ?

tokyo life vs village life comparison

टोकियो Vs गाउँ: नेपाली कामदारहरूको लागि कुन राम्रो हो?

immigrant population in Japan in 2025

२०२५ जापान आप्रवासी जनसंख्या Nepali २ लाख भन्दा बढी!

Shocking truth about part time jobs for foreign students in Japan

जापानमा पार्ट-टाइम जागिरको चकित पार्ने यथार्थ — तपाईंले सोचेजस्तो होइन!

ssw visa vs student visa - better visa choice for nepali students

SSW Visa vs Student Visa — कुन राम्रो? नेपाली युवाहरूका लागि पूरै तुलना

nepal Japan living cost and expense difference

नेपाल जापान बिच १० वटा चिजको मूल्य तुलना हेर्नुहोस्

dependent visa or spouse visa for Nepali couples coming to Japan

जापान जान पाएको छ — अब परिवार ल्याउन सकिन्छ? Full Process Explained

mistakes and things no one will tell you when you come to Japan

जापान जानुअघि कोहीले नबताउने ५ कुरा

Send Us A Message

PrevPreviousजापान जानुअघि कोहीले नबताउने ५ कुरा
Nextजापान जान पाएको छ — अब परिवार ल्याउन सकिन्छ? Full Process ExplainedNext

Join Our Newsletter

Pages
  • Japanese Culture – NP
  • Daily Life & Lifestyle- NP
  • Success Tips – NP
  • Japanese भाषा
  • Visa & Immigration – NP
  • Home – नेपाली
Facebook Twitter Youtube
Nepali Connect Japan

© 2025 All Rights Reserved.