Nepali Connect Japan
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली

जापान जानुअघि कोहीले नबताउने ५ कुरा

  • मे 21, 2025
  • shubham1199
mistakes and things no one will tell you when you come to Japan

जापान जाने सपना त धेरै नेपालीले देख्छन् — पढ्न, काम गर्न, जीवन बनाउने आशामा। तर यो सपना पुरा हुनुअघि तपाईंले केही यस्ता कुरा बुझ्न जरुरी छ जुन कन्सल्टेन्सीहरूले कहिल्यै पनि नबताउँछन्।

आजको पोस्टमा — हामी यस्ता ५ कुराहरू चर्चा गर्छौं, जसले तपाईंको सोच बदल्न सक्छ।

 

1. एजेन्टले भनेको सबै सत्य हुँदैन

“Guaranteed visa”, “100% job”, “सबै process गरिदिन्छौं” — यस्ता कुरा तपाईंले सुन्नु भएको होला। तर वास्तविकता के हो भने,
एजेन्टहरू मध्ये धेरैले अधुरो वा गलत जानकारी दिन्छन्।

COE (Certificate of Eligibility) fake पनि हुन सक्छ। सस्तोमा Restaurant job भनेर पठाउने ठाउँ त exist पनि नगर्ने अवस्था आउन सक्छ।

👉 सुझाव:

Embassy को वेबसाइट वा official sources पढ्ने बानी बसाल्नुस्।

 

2. 💰 जापान सस्तो छैन — सुरुमै धेरै खर्च लाग्छ

पहिलो महिना नै तपाईंको खर्च यस्तो हुन सक्छ:

  • Rent + deposit = ¥100,000+

  • पास किन्नु (Train, bus)= ¥10,000+

  • खानपिन = ¥30,000+

  • Insurance, registration, sim card = ¥15,000+

अनि त्यो पनि काम नपाउँदासम्म को खर्च हो।

👉 सुझाव:

कम्तीमा 2 लाख NRs बराबरको सेभिङ लिएर जानुस्।

 

3. सफा र शान्त रहनु अनिवार्य हुन्छ

जापानमा मानिसहरू public place मा चिच्याउँदैनन्, झगडा गर्दैनन्, फोहोर फ्याँक्दैनन्।

तपाईं गफ गर्न सक्नुहुन्छ — तर train मा बोल्दा तपाईंलाई हेर्न थालिन्छ।
तपाईंले खाली चाउचाउ खाँदा plastic नफ्याक्दा अर्कोले तपाईंलाई report गर्न सक्छ।

👉 सुझाव:

Personal hygiene, noise control, respect for space — यी अभ्यास गरौं।

थप जानकारीको लागि यो लेख पढ्नुहोस् -> जापानमा बस्दा हुने सामान्य सांस्कृतिक गल्तीहरू जसबाट बच्नुपर्छ

 

4. भाषा नआएपछि तपाईं कति कमजोर महसुस गर्नुहुन्छ, थाहा पाउनुहुन्न

“Simple काम त भाषा नआए पनि मिल्छ नि” — भन्नेहरूका लागि सच्चाइ यो हो:
बिना भाषा तपाईंलाई कुनै confident महसुस हुँदैन।

  • ATM चलाउन गाह्रो हुन्छ

  • Bus छुटाउँदा बुझ्न सकिन्न

  • Workplace मा तपाईंलाई आदेश मात्र दिइन्छ, feedback दिँदैन

👉 सुझाव:
JLPT N5 को तयारी नेपालमै सुरु गर्नुहोस्।

जापानी भाषा परीक्षाको आधारभूत कुरा बुझ्नको लागि, यो पढ्नुहोस् ➡️JLPT, JFT And NAT भनेको के हो?

 

5.  जापानमा बसेपछि Homesick मात्र होइन, “Mind Sick” पनि हुन सक्छ

मानिसहरू खुलेर बोल्दैनन्। Culture फरक छ।
साथी कम छन्। Support छैन।

त्यसैले केही समयपछि लाग्छ:

“म यहाँ किन आएको? के यो worth छ?”

👉 सुझाव:
“Ask a Senpai” जस्ता programs मा अनुभवी नेपालीहरूसँग कुरा गर्नुहोस्।
Groups मा जोडिनुहोस्। Mental preparation पहिल्यै गर्नुस्।

 

निष्कर्ष:

Japan जानु achievement हो। तर aware भएर जानु smart achievement हो।

Dream ठूलो राख्नुस्, तर आँखा खुला राखेर अघि बढ्नुस्।
Nepali Connect Japan तपाईंको साथमा छ — पहिलो सोचदेखि अन्तिम स्टेपसम्म।

 

More Posts

the increasing immigration in Japan and declining population growth

जापानमा Immigration किन बढ्दो छ?

tokyo life vs village life comparison

टोकियो Vs गाउँ: नेपाली कामदारहरूको लागि कुन राम्रो हो?

immigrant population in Japan in 2025

२०२५ जापान आप्रवासी जनसंख्या Nepali २ लाख भन्दा बढी!

Shocking truth about part time jobs for foreign students in Japan

जापानमा पार्ट-टाइम जागिरको चकित पार्ने यथार्थ — तपाईंले सोचेजस्तो होइन!

ssw visa vs student visa - better visa choice for nepali students

SSW Visa vs Student Visa — कुन राम्रो? नेपाली युवाहरूका लागि पूरै तुलना

nepal Japan living cost and expense difference

नेपाल जापान बिच १० वटा चिजको मूल्य तुलना हेर्नुहोस्

dependent visa or spouse visa for Nepali couples coming to Japan

जापान जान पाएको छ — अब परिवार ल्याउन सकिन्छ? Full Process Explained

Bank balance required to apply Japan visa for student, SSW, working and dependent.

जापान भिसा apply गर्न कति बैंक ब्यालेन्स देखाउनु पर्छ?

Send Us A Message

PrevPreviousJLPT, JFT and NAT भनेको के हो?
Nextजापान भिसा apply गर्न कति बैंक ब्यालेन्स देखाउनु पर्छ?Next

Join Our Newsletter

Pages
  • Japanese Culture – NP
  • Daily Life & Lifestyle- NP
  • Success Tips – NP
  • Japanese भाषा
  • Visa & Immigration – NP
  • Home – नेपाली
Facebook Twitter Youtube
Nepali Connect Japan

© 2025 All Rights Reserved.