Nepali Connect Japan
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली
  • Home – नेपाली
  • Guides
  • Contact
  • About
  • English
  • नेपाली

२०२५ जापान आप्रवासी जनसंख्या Nepali २ लाख भन्दा बढी!

  • जुन 10, 2025
  • shubham1199
immigrant population in Japan in 2025

तपाईंलाई थाहा छैन होला, तर नेपाल जापानको पाँचौँ सबैभन्दा ठूलो विदेशी समुदाय हो!

हो, तपाईंले ठिकै पढ्नुभयो। २ लाख ३३ हजारभन्दा बढी नेपालीहरू अहिले जापानमा बसोबास गरिरहेका छन्। यो आँकडा नेपालको लागि मात्र होइन, सम्पूर्ण दक्षिण एशियाको लागि पनि एकदमै ठूलो हो।

तर यत्रो नेपाली कहाँ छन्? किन आएका हुन्? अनि कसरी यो संख्या दिनप्रतिदिन बढिरहेको छ?

जापानका टप १० विदेशी समुदायहरू (२०२४ को अन्त्यसम्मको सरकारी डेटा)

स्थानदेशजनसंख्या
1चीन 🇨🇳873,286
2भियतनाम 🇻🇳634,361
3दक्षिण कोरिया 🇰🇷409,238
4फिलिपिन्स 🇵🇭341,518
5नेपाल 🇳🇵233,043
6इन्डोनेसिया 🇮🇩199,824
7म्यानमार 🇲🇲134,574
8ताइवान 🇹🇼70,147
9अमेरिका 🇺🇸66,111
10थाइल्यान्ड 🇹🇭65,398
 

जापानमा कुल विदेशी जनसंख्या (२०२४ अन्त्यमा): ३७.६ लाख
२०२३ को तुलनामा १०.५% वृद्धि

(Source: Immigration Services Agency of Japan)

 

किन यत्रा नेपाली जापानमा?

नेपालीहरू जापानमा विभिन्न कारणले आएका छन्:

  • विद्यार्थी (Language, senmon gakkou, daigaku)

  • SSW (Specified Skilled Worker)

  • IT/Engineering jobs

  • Caregiver, factory, restaurant, and convenience store jobs

  • Long-term resident visa (परिवारको सिफारिसमा बसोबास)

2024 मा मात्रै करिब ३५,०००+ नयाँ नेपालीहरू जापान आएका थिए।

थप जानकारीको लागि “नेपाली नागरिकहरूका लागि जापान भिसाका प्रकारहरू” पढ्नुहोस्

 

नेपालीहरू ब्राजिल, अमेरिका, थाइल्यान्डलाई समेत उछिने!

के तपाईंलाई थाहा छ?
नेपालले अब जापानमा ब्राजिल, थाइल्यान्ड, र अमेरिकालाई समेत उछिनेको छ।

यो भनेको अब हामीलाई अवाज उठाउने, सेवाहरू सुधार्ने, र सामाजिक अधिकार माग गर्ने थप अवसर र जिम्मेवारी आएको छ।

 

तर ध्यान दिनुपर्ने कुरा

  1. भिसा र नियम परिवर्तन भइरहेका छन्।
    – SSW, student visa, skill test को update जान्न जरूरी छ।

  2. भाषा नआउँदा काम र कमाइमा बाधा हुन्छ।
    – JLPT N4/N3 भनेपछि मात्र राम्रो जागिरको सम्भावना।

  3. सामाजिक एकता हराउँदैछ।
    – यत्रो नेपाली भए पनि धेरैजसो छुट्टाछुट्टै छन्। Community support र Nepali network को आवश्यकता छ।

 

❤️ नेपाली Connect Japan किन?

“Nepali Connect Japan” तपाईं जस्तै नेपालीहरूका लागि नै बनाइएको हो —

“कसरी बस्ने, कहाँ काम गर्ने, कुन जागिर ठिक हो, कसरी भिसा renew गर्ने, कसरी scam बाट जोगिने?”

यी सबै कुरामा guidance दिन, सत्य बोल्न, र भविष्य बनाउने बाटो देखाउन हामी यहाँ छौँ।

 

अन्तिम निष्कर्ष

“अब जापानमा नेपालीको संख्या मात्र होइन, प्रभाव पनि बढाउनुपर्ने बेला आएको छ।”

हामी पाँचौं स्थानमा छौं — अब शिक्षा, जागिर, संस्कृति, र समाजमा पनि अगाडि बढौँ।

More Posts

the increasing immigration in Japan and declining population growth

जापानमा Immigration किन बढ्दो छ?

tokyo life vs village life comparison

टोकियो Vs गाउँ: नेपाली कामदारहरूको लागि कुन राम्रो हो?

Shocking truth about part time jobs for foreign students in Japan

जापानमा पार्ट-टाइम जागिरको चकित पार्ने यथार्थ — तपाईंले सोचेजस्तो होइन!

ssw visa vs student visa - better visa choice for nepali students

SSW Visa vs Student Visa — कुन राम्रो? नेपाली युवाहरूका लागि पूरै तुलना

nepal Japan living cost and expense difference

नेपाल जापान बिच १० वटा चिजको मूल्य तुलना हेर्नुहोस्

dependent visa or spouse visa for Nepali couples coming to Japan

जापान जान पाएको छ — अब परिवार ल्याउन सकिन्छ? Full Process Explained

Bank balance required to apply Japan visa for student, SSW, working and dependent.

जापान भिसा apply गर्न कति बैंक ब्यालेन्स देखाउनु पर्छ?

mistakes and things no one will tell you when you come to Japan

जापान जानुअघि कोहीले नबताउने ५ कुरा

Send Us A Message

PrevPreviousजापानमा पार्ट-टाइम जागिरको चकित पार्ने यथार्थ — तपाईंले सोचेजस्तो होइन!
Nextटोकियो Vs गाउँ: नेपाली कामदारहरूको लागि कुन राम्रो हो?Next

Join Our Newsletter

Pages
  • Japanese Culture – NP
  • Daily Life & Lifestyle- NP
  • Success Tips – NP
  • Japanese भाषा
  • Visa & Immigration – NP
  • Home – नेपाली
Facebook Twitter Youtube
Nepali Connect Japan

© 2025 All Rights Reserved.