1. एजेन्टले भनेको सबै सत्य हुँदैन
“Guaranteed visa”, “100% job”, “सबै process गरिदिन्छौं” — यस्ता कुरा तपाईंले सुन्नु भएको होला। तर वास्तविकता के हो भने,
एजेन्टहरू मध्ये धेरैले अधुरो वा गलत जानकारी दिन्छन्।
COE (Certificate of Eligibility) fake पनि हुन सक्छ। सस्तोमा Restaurant job भनेर पठाउने ठाउँ त exist पनि नगर्ने अवस्था आउन सक्छ।
👉 सुझाव:
Embassy को वेबसाइट वा official sources पढ्ने बानी बसाल्नुस्।
2. 💰 जापान सस्तो छैन — सुरुमै धेरै खर्च लाग्छ
पहिलो महिना नै तपाईंको खर्च यस्तो हुन सक्छ:
Rent + deposit = ¥100,000+
पास किन्नु (Train, bus)= ¥10,000+
खानपिन = ¥30,000+
Insurance, registration, sim card = ¥15,000+
अनि त्यो पनि काम नपाउँदासम्म को खर्च हो।
👉 सुझाव:
कम्तीमा 2 लाख NRs बराबरको सेभिङ लिएर जानुस्।
3. सफा र शान्त रहनु अनिवार्य हुन्छ
जापानमा मानिसहरू public place मा चिच्याउँदैनन्, झगडा गर्दैनन्, फोहोर फ्याँक्दैनन्।
तपाईं गफ गर्न सक्नुहुन्छ — तर train मा बोल्दा तपाईंलाई हेर्न थालिन्छ।
तपाईंले खाली चाउचाउ खाँदा plastic नफ्याक्दा अर्कोले तपाईंलाई report गर्न सक्छ।
👉 सुझाव:
Personal hygiene, noise control, respect for space — यी अभ्यास गरौं।